पोखरा महोत्सवमा महिलाहरुलाई स्वरोजगार तालिम
पाेखरा | माघ १, २०७९
पोखराः एघारौं पोखरा महोत्सव स्थलमा महिला दिदीबहिनीहरुलाई लक्षित गरी स्वरोजगार तालिम शुरु भएको छ । सीप सिकि उद्यमशील बनौ, आय आर्जनका क्रियाकलापमा संलग्न भई आत्मनिर्भर बनौ भन्ने मुल नाराका साथ महोत्सव स्थलमा प्रत्यक्ष अवलोकनमा आधारित हस्तकला तथा स्वरोजगार तालिमको आयोजना गरिएको हो ।
विशेष गरी पिछडिएका, जनजाति र एकल महिलाहरुलाई लक्षित गरी आयोजना गरिएको स्वरोजगार तालिमको पोखरा महानगरपालिका वडा नम्बर १० का अध्यक्ष राजेश गुरुङले उद्घाटन गरे ।
तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष राजेश गुरुङले तालिममा सहभागी महिला दिदीबहिनीहरुले तालिममा सहभागी भएका दिदी बहिनीहरुले तालिममा सिकेका कुरालाई आफ्नो टोल छिमेक, समाजमा गई त्यहां आवद्ध दिदीबहिनीहरुलाई समेत सिकाएर स्वरोजगार बनाउनतर्फ लाग्नुुपर्नेमा जोड दिए ।
त्यसैगरी युनाइटेड क्लबले महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन संगै सेती नदीमा साहसिक पर्यटकीय गन्तब्य निर्माण तर्फ लागि रहदा सेती नदीको खोंचमा निर्माण हुने साहसिक पर्यटकीय गन्तब्य निर्माण गर्ने काममा वडाको तर्फबाट समेत सहयोग गर्ने प्रतिवद्धता जनाए ।
त्यस्तै प्राविधीक शिक्षा तथा ब्यवशायीक तालिम परिषद गण्डकी प्रदेशका निमित्त निर्देशक तिल बहादुर रानाभाटले आफुहरुले विभिन्न संघ संस्था तथा वडाहरु संग सहकार्य गरी महिला दिदीबहिनीहरुलाई स्वरोजगार तालिमहरु प्रदान गर्दै आइरहेको र पोखरा महोत्सवमा जारी स्वरोजगार तालिममा पर्याप्त समय नभएपनि स्वरोजगार बन्न चाहनेहरुलाई लक्षित गरी तालिमलाई निरन्तरता दिने बताए ।
युनाईटेड क्लबका अध्यक्ष तथा एघारौं पोखरा महोत्सव मुलआयोजक समारोहका संयोजक राजु श्रेष्ठले महोत्सवको माध्यमबाट महिला दिदीबहिनीहरुलाई हस्तकला तालिम प्रदान गरी स्वरोजगार बनाउन तर्फ आफुहरु लागिपरेको बताए ।
महोत्सवका प्रचारप्रसार संयोजक दिनेश सुनारले सञ्चालन गरेको कार्यक्रममा हस्तकला ब्यवस्थापन उपसमिति संयोजक सबिता श्रेष्ठ रन्जितले स्वागत मन्तब्य राखेकी थिइन । आजबाट शुरु भएको तालिममा २० जना दिदीबहिनीहरु सहभागी रहेका छन । तालिममा जाडो यामलाई लक्षित गरी स्वीटर, मोजा, टोपी, गलबन्दी, पञ्जा लगायतका हस्तकलाका सामाग्रीहरु निर्माण सम्बन्धी तालिम प्रदान गरिनेछ ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् । सामाजिक क्षेत्रमा...
काठमाडौ: सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ। एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेक...
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

